हामीले गरेका कार्यहरू
आदिइत्यादि नाट्य समूह
“नेपाली रङ्गमञ्चमा नेपाली नाटक” भन्ने उद्घोषका साथ पुरु लम्सालको नेतृत्वमा वि.सं. २०६६ फागुनमा आदिइत्यादिकाे स्थापना भएकाे हाे । हामी यथार्थवादी रङ्गकर्मको सम्बर्द्धन र प्रबर्द्धनमा प्रतिबद्ध रहेका छाैँ।
आदिइत्यादि नाट्यसंस्थाको रङ्गमञ्चीय गतिविधि
स्थापनाकाल देखि नै हामी निरन्तर नेपाली नाटकका क्षेत्रमै क्रियाशील छाैँ ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०६६ सालमा गोरखा, तनहुँ र धादिङमा चेतनामूलक सडकनाटक फेरि यस्तो नहोस मञ्चन भयो । नाटकमा पुरु लम्साल, जीवन बराल, दुर्गा विश्वकर्मा, मञ्जु गिरी, रोशन बुढाथोकी, सराेज पन्तले अभिनय गरेका थिए ।
२०६६ सालमा नै रेडियो नेपालसँगको सहकार्यमा नाट्यसंस्थाले चेतनामूलक रेडियो नाटक तिजको लहरको रेकर्डिङ् र प्रशारण गर्यो । नाटकमा पुरु लम्साल, जीवन बराल, दुर्गा विश्वकर्मा, गंगाप्रसाद तिवारी, प्रकेश सिन्धुलीय, मञ्जु गिरी लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
२०६७ सालमा रेडियो नेपालसँगको सहकार्यमा रेडियो नाटक खाने मुखलाई जुङ्गाले छेक्दैनको ५२ श्रृङ्खला तयार गरेर प्रशारण गर्यो । नाटकमा कमल गाउँले, लूनिभा तुलाधर, जेबी रुवाली, पुरु लम्साल, सरस्वती चौधरी, मञ्जु गिरी जीवन बराल, दुर्गा विश्वकर्मा लगायत कलाकारहरुले अभिनय गरेका थिए ।
पुरु लम्सालको निर्देशनमा २०६८ सालमा आदिइत्यादिले कविता मञ्चनको शैलीलाई महत्त्व दिई कवितालाई नाटकीय स्वरुपमा रुपान्तरण गरी मञ्चन गर्यो । सर्वनाम थिएटर कालिकास्थानमा कवि प्रोल्लास सिन्धुलीयको लेखनमा हायूनी बूढी शीर्षकको कविता मञ्चन गर्यो । पुरु लम्सालको परिकल्पना तथा निर्देशन रहेको नाटकमा लूनिभा तुलाधर र पुरु लम्सालले अभिनय गरेका थिए ।
२०६८ सालमा बाबु त्रिपाठीको शालिकहरुको देश शीर्षकको कविता नेपाल प्रज्ञाप्रतिष्ठामा पुरु लम्सालको परिकल्पना तथा निर्देशनमा मञ्चन भयो । कविता मञ्चनमा पुरु लम्साल, कमला आँसु, विमला चिमोरिया, उदिपराज ढुङ्गाना, केशवराज निश्चल लगायतका कालाकारहरुले अभिनय गरेका थिए ।
२०६८ सालमा काठमाण्डौमा कवि हेम प्रभाषको कविता गीतै गीतको गाउँ मञ्चन भयो । पुरु लम्सालको परिकल्पना तथा निर्देशन रहेको कविता नाटकमा हेमप्रभास, प्रगन्ना सिन्धुलीयले अभिनय गरेका थिए ।
२०६९ सालमा चितवनमा कवि प्रोल्लसा सिन्धुलीयको कविता क्षमायाचना मञ्चन भयो । कविता मञ्चनमा पुरु लम्साल र प्रगन्ना सिन्धुलीयले अभिनय गरेका थिए भने निर्देशन तथा परिकल्पना पुरु लम्सालको रहेको थियो ।
कवि तथा गीतकार हरिभक्त कटुवालको जीवनीमा आधारित बृतचित्र अनि हरिभक्त फर्किएनन्को निर्माण गरेर आदिइत्यादिले दृश्य सामग्री निमार्णको परम्परा पनि सुरुवात गर्यो । २०७१ सालमा निर्माण गरेको बृतचित्रको लेखन प्रोल्लास सिन्धुलीयले गरेका थिए । निर्माण तथा निर्देशन पुरु लम्सालले गरेका थिए । बृतचित्रको छायाकार जयराम थापा, सहायक छायाकार दुर्गा चाम्लीङ राई, सहायक निर्देशक सुरज गुरुङले गरेका थिए । बृतचित्रमा कवि नवराज लम्सालले आवाज दिएका थिए ।
पुरु लम्सालको परिकल्पना तथा निर्देशनमा २०७३ साल जेठ १० गतेदेखि जेठ १५ गतेसम्म सर्वनाम थिएटरमा तारानिधी भट्टराइको नाटक अमर मातृत्व मञ्चन भयो । नाटकमा बिष्णुभक्त फुँयाल, मिश्री थापा, लक्ष्मण विक्रम बस्नेत, बिनोद मानन्धर, लुनिभा तुलाधर, अशोक थापा, सरिता शाह, सुवास प्याकुरेल राज भट्टराई, लगायतका कलाकारहरुले अभिनय गरेका थिए । नाटकमा थानेश्वर गौतमको संगीत संयोजन, काजी सुनुवारको कला संयोजन शिशिर सिवाकोटीको प्रकाश परिकल्पना तथा परिचालन रहेको थियो ।
२०७३ मा सर्वनाम थिएटर काठमाण्डौमा प्रोल्लसा सिन्धुलीयको उपन्यास शून्य डिग्री नाट्य रुपान्तरणमा मञ्चन भयो । पुरु लम्सालको परिकल्पना नाट्य रुपान्तर तथा निर्दशन रहेको नाटकमा, सुजीता अधिकारी, मिना पुर्णिमा, नितान्त दहाल, सुर्दशन अर्याल लगायत कलाकारहरुले अभिनय गरेका थिए ।
मञ्जरी नाट्यसमुहसँगको सहकार्यमा २०७३ साल माघ २९ देखि फागुन १ गतेसम्म पुरु लम्सालको लेखन र निर्देशनमा नाटक फड्के मञ्चन भयो । नाटकमा केदार बोहोरा, सञ्जोग लामिछाने, भरत राना, शान्ती श्रेष्ठ, नरमाया तामाङ, भुवन परियार, निर्मला परियार, राधिका अधिकारी, हिमाल मजाकोटीले लगायत कलाकारहरुके अभिनय गरेका थिए ।
मञ्जरी नाट्यसमुह लमजुङसँगको सहकार्यमा आदिइत्यादिले २०७४ साल माघ १८ देखि २० सम्म पानीघट्ट नाटक मञ्चन गर्यो । नाटकमा विप्लव बोहरा, विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, नरमाया तामाङ, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ, केदार बोहोरा, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, सुवास क्षितिज, सुकबहादुर मिजार, लक्ष्मी श्रेष्ठ, सुनील बसौला, विमला मिजार, सञ्जोग लामिछाने लगायत कलाकारहरुले अभिनय गरेका थिए ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०७४ चैत्रमा सङ्गीत नाट्यप्रज्ञाप्रतिष्ठानले पोखरामा आयोजा गरेको राष्ट्रिय नाटक महोत्सवमा चैत्र २८ गते गन्दर्भ थिएटरमा नाटक पानीघट्ट प्रदर्शन भयो । मञ्जरी नाट्यसमुह लमजुङ र आदिइत्यादिको संयुक्त प्रस्तुति रहेको नाटकमा डा अशोक थापा, बिष्णु सुवेदी, विप्लव बोहरा, विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, नरमाया तामाङ, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ, केदार बोहोरा, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, सुवास क्षितिज, सुकबहादुर मिजार, लक्ष्मी श्रेष्ठ, सुनील बसौला, विमला मिजार, सञ्जोग लामिछाने लगायत कलाकारहरुले अभिनय गरेका थिए ।
सुन्दरबजार नगरपालिका–९, भोटेओडारमा अवस्थित भक्ति नमूना मा.वि.को सभाहलमा –२०७५ जेठ २५ र २६ गते पुरु लम्सालको निर्देशनमा पानीघट्ट नाटक मञ्चन भयो । नाटकमा विप्लव बोहरा, विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, नरमाया तामाङ, हिमाल मजाकोटी, शान्ति श्रेष्ठ, केदार बोहोरा, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, सुवास क्षितिज, सुकबहादुर मिजार, लक्ष्मी श्रेष्ठ, सुनील बसौला, विमला मिजार, सञ्जोग लामिछाने लगायत कलाकारहरुले अभिनय गरेका थिए ।
२०१८ फेब्रुवरी अन्तर्राष्ट्रिय नाटक महोत्सव कलकत्तामा पानीघट्ट नाटक मञ्चन भयो । रवीन्द्र नगर नाट्ययुद्धको आयोजनामा पुरु लम्सालको निर्देशनमा पानीघट्ट नाटक कोलकत्तामा प्रदर्शन गर्यो । नाट्यमञ्चनलाई प्रवासी नेपाली र गैर नेपालीले उत्साहपूर्वक हेरेका थिए । नाट्ययुद्धले आयोजना गरेको चौथो शम्भु मित्र एन्ड बिजन भट्टचर्जी स्मृति नाट्यउत्सवमा फेब्रअरी २३–२५ (फागुन ११–१३) सम्म हिन्दी, बंगाली, नेपालीसहित ११ नाटक मञ्चन भए । नाटकमा विष्णुभक्त अधिकारी, टीकाराम घिमिरे, केदार बोहोरा, शान्ति श्रेष्ठ, नरमाया तामाङ, हिमाल मजाकोटी, निर्मला परियार, रमिला अर्याल, तीर्थ गुरुङ, आशिष परियार, भरत राना, विमला मिजार, सञ्जोग लामिछाने र विप्लवले बोहोरा, आशा बराल र उनका नेहा धमलाले अभिनय गरेका थिए ।
२०७४ असार १८ गते प्रसिद्ध कवि तथा गीतकार हरिभक्त कटुवालकाे जन्मदिवसकाे अवसरमा काठमाण्डाैमा एउटा विशेष कार्यक्रमकाे आयाेजना गरियाे । उक्त कार्यक्रममा हरिभक्त कटुवालले लेख्नु भएका कविताहरुलाई जाेडेर नाटक प्रदर्शन गिरयाे । पुरु लम्सालको परिकल्पना र निर्देशन रहेकाे कविता मञ्चनमा केदार बाेहाेरा, आकाङ्क्षा जिसी, इन्द्र चाैधरी, सबु लामा, सिर्जना सुवेदी लगायत कलाकारहरुकाे अभिनय रहेकाे थियाे ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०७५ आश्विन ६ गते गीतल प्रतिष्ठान तथा नाटक मञ्च तनहुँको आयोजना र आदिइत्यादिको प्रस्तुतिमा एसियाकै लामो दावी गएिको गुफा सिद्ध गुफामा महिला हिंसासम्बन्धी चेतना नाटक बिरुद्धमा प्रदर्शन भयो । नाटकमा सुशीलसिंह ठकुरी, रीता थापा, अनन्तप्रकाश श्रेष्ठ, पवि खड्का, बिमला अधिकारी लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
२०१८ अक्टोवर ९ देखि १४ सम्म वंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सवमा नेपालका तर्फबाट नौगेडी नाटक छनौट भएर पञ्चघर जलासीरोडस्थित भूमिज थिएटरको हलमा नौगेडी मञ्चन भयो । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकमा जितेन्द्र सिंह ठकुरी, रीता थापा, जेबी डिसी, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सेना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, भीष्मराज जोशी, केदार बोहोरा, मञ्जु गिरीलगायतले अभिनय गरेका थिए ।
२०७५ साल अशोज २० गते काठमाण्डौमा पुरु लम्सालको निर्देशनमा नौगेडी नाटक मञ्चन भयो । नाटकमा जितेन्द्र सिंह ठकुरी, रीता थापा, जेबी डिसी, पवित्रा खड्का, डा. अशोक थापा, जयराम तिमल्सिना, अनन्तप्रकाश श्रेष्ठ, निर्मला खड्का क्षेत्री, विमला देवकोटा अधिकारी, केदार बोहोरा, मञ्जु गिरी लगायतका कलाकारहरुले अभिनय गरेका थिए । नाटकमा प्रकाश परिकल्पना तथा परिचालन भीष्मराज जोशीको रहेको थियो भने, सेट डिजाइन तथा निर्माण अनन्तप्रकाश श्रेष्ठ र जयराम तिमल्सिनाको रहेको थियो ।
२०७५ फागुन २३ देखि २८ सम्म सांस्कृतिक संस्थानको आयोजनामा रारा राष्ट्रिय नाटक महोत्सवमा नाटक नौगेडी मञ्चन भयो । नाट्यमञ्चनमा मञ्जरी नाट्यसमूह लमजुङ र आदिइत्यादिको संयुक्त प्रस्तुति रहेको थियो । नाटकमा सुशीलसिंह ठकुरी, रीता थापा, सञ्जोग लामिछाने, केदार बोहोरा, निर्मला परियार, भुवासिंह परियार, हिमाल मजाकोटी लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०७५ चैत्र ३० गते गीतल प्रतिष्ठान तथा नाटक मञ्च, तनहुँको आयोजनामा आदिकवि भानुभक्त आचार्यको जन्मस्थान चुँदी रम्घामा जनचेतनामूलक नाटक होम स्टे मञ्चन भयो । नाटकमा सुशीलसिंह ठकुरी, रीता थापा, मञ्जु गिरी अनन्तप्रकाश श्रेष्ठ लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०७६ जेठ १२ गतेदेखि १६ गतेसम्म नुवाकोटको पञ्चकन्या गाउँपालिकामा अवस्थित सामुदायिक माध्यामिक विद्यालयमा चेतनामूलक नाटक नयाँमीत प्रदर्शन भयो । नाटकमा सुशीलसिंह ठकुरी, रीता थापा, सविना गोपाली, दिवाकर घिमिरे, अनन्तप्रकाश श्रेष्ठ, अनामिका लामिछाने लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०७६ जेठ २५ गते देखि ३० गतेसम्म दोरम्बा गाउँपालिका रामेछापमा चेतनामूलक नाटक टाँकीको फूल प्रदर्शन भयो । नाटकमा सुशीलसिंह ठकुरी, रीता थापा, सरिता गिरी, दिवाकर घिमिरे, अनन्तप्रकाश श्रेष्ठ, अनामिका लामिछाने, गृश्मा मुरीमगर लगायतका कलाकारहरुले अभिनय गरेका थिए ।
२०७६ भाद्र २७ गते देखि असोज १२ गते सम्म सर्वनाम थिएटर कालिकास्थानमा नाटक नौगेडीको नियमित प्रदर्शन गरियो । नाटक हेर्न बिभिन्न क्षेत्रका विशिष्ठ महानुभावहरुको उल्लेख्य सहभागिता रहयो । नौगेडी नाटक हेरेपछि आफ्नो प्रतिकृया दिँदै पूर्व युवा तथा खेलकुद मन्त्री तथा संघीय सांसद माननीय हितबहादुर तामाङ्ले नौगेडी नाटकले वर्तमान समयको कुरुप अनुहार झल्काएको बताउनु भयो । बागमती प्रदेशकी उपसभामुख एव्म पूर्व कृषि राज्य मन्त्री राधिका तामाङले नौगेडी नाटक समसामयीक र चतनामूलक रहेको बताउनु भयो । नाटक हेर्न राष्टपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी एमाले युवा नेता ठाकुर गैह्रे, संघीय सांसद माननीय अमृता थापामगर, माननीय हितमान शाक्य, बरिष्ठ चर्या गुरु यज्ञमान पति बज्राचार्य, बरिष्ठ साहत्यिकार डा नवराज लम्साल, बागमती प्रदेश सदस्य माननीय बद्री मैनाली, बेलकोटगढी नगरपालीका नुवाकोटी उपप्रमुख कविता ढुंगाना, माओवादी युवा नेता युवराज चौलागाईँ, बिभिन्न निकायका सरोकारवाला ब्यक्तीहरु तथा दर्शकको उत्साहजना सहभागिता रहेको थियो ।
नौगेडी नाटकमा सुशील सिंह ठकुरी, रिता थापा, अनामिका लामिछाने, दिवाकर घिमिरे, भिष्मराज जोशी, अस्मिता बयलकोटी, जयराम तिमिल्सिना, बृहषमान सुनुवार लगायतका कलाकारहरको अभिनय रहेको थियो । नाटकमा संगीत संयोजन नारायण दंगाल, मञ्च परिकल्पना तथा निर्माण तिलक सुनुवार, प्रकाह पकिल्पना दिवाकर घिमिरे, प्रकाश परिचालन पाशलाक्पा, पार्श्व गायन सिद्धन्त परियार तथा लक्ष्मी स्याङतानको रहेको थियो भने अशोक थापा र राजीन पनेरु प्रचारप्रसार संयोजकका रुपमा सहभागी रहेका थिए । नाटकको पुरु लम्साल लेखन तथा निर्देशन रहेको थियो ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०१९ डिसेम्बर २६ देखी ३१ सम्म बंगलादेशको बरिसालमा आयोजित शब्दबोली अन्तर्राष्ट्रिय नाटक महोत्सवमा डिसेम्बर ३० मा बरिसालस्थित स्टुडियो थिएटरमा साँझ ४ बजे र ७ बजे गरी दुई सो देउकाशी नाटक मञ्चन भयो । नाटकमा सुशिलसिंह ठकुरी, सरस्वती अधिकारी, रोशनी स्याङ्बो डा. अशोक थापा लगायतका कलाकारहरुले अभिनय गरेका थिए । दिवाकर घिमिरेको प्रकाश परिकल्पना तथा परिचालन रहेको नाटकमा नारायण दंगालको संगीत संयोजना रहेको थियो । शारदा रसाइलीको पार्श्व गायन रहेको नाटकमा निर्जल लम्सालको पार्श्व आवाज रहेको थियो ।
पुरु लम्सालको लेखन र निर्देशनमा २०७७ साल पुष २६ देखि माघ ३ गतेसम्म दोरम्बा गाउँपालिका रामेछापको आयोजनामा चेतनामूलक नाटक चुरोकुरो मञ्चन भयो । नाटकमा सुशीलसिंह ठकुरी, सरिता गिरी, दिवाकर घिमिरे, अनामिका लामिछाने, सविना गोपाली, रोशनी स्याङ्बो र स्थानीय विद्यालयका बाल कलाकारले अभिनय गरेका थिए ।
२०७८ फागुन १८ देखि २५ सम्म दोरम्बा गाउँपालिका रामेछापकाे आयाेजनामा नाटक मिलापत्र मञ्चन भयो । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे नाटकमा सुशीलिसंह ठकुरी, सालिक भण्डारी, दीपमाला परियार , शान्ति भट्टराई लगायत कलाकारले अभिनय गरेका थिए ।
२०७८ चैत्र ६ देखि १० सम्म पञ्चकन्या गाउँपालिका नुवाकोटकाे आयाेजनामा नाटक छिनाेफानाे प्रदर्शन भयाे । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे नाटकमा सुशीलिसंह ठकुरी, सालिक भण्डारी, दीपमाला परियार , शान्ति भट्टराई लगायत कलाकारले अभिनय गरेका थिए ।
अन्तर्राष्ट्रिय ग्वालियर साहित्य उत्सव- २०२२ मा सात जना नेपाली लेखकहरुले सहभागिता जनाएका छन् । उद्धभव स्पोर्ट्स एण्ड कल्चरल एसोसिएसनको आयोजनामा आदिइत्यादि समूहको संयोजनमा अनिल श्रेष्ठ, पुरु लम्साल, आकाश अधिकारी, उषा के.सी., ओमकुमारी बञ्जारा रानाभाट, जानकी कुँवर र दिवाकर भट्टराई भारतको ऐतिहासिक तथा साँस्कृतिक सहर ग्वालियर पुगेका हुन् ।
खानीखाेला गाउँपालिकाकाे आयाेजनामा पुरु लम्सालद्वारा लिखित तथा निर्देशित नाटक जुनकिरी २०७९ पुस १७ गतेदेखि २१ गतेसम्म खानीखाेला गाउँपालिकामा प्रदर्शन गरिएको थियो । नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दिवाकर घिमिरे, शान्ति भट्टराई, दीपमाला परियार, तिर्सना राई र रविन दोङले अभिनय गरेका थिए।
२०७९ साल २४ फागुन गते ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा नुवाकोटको खरानीटारमा सडकनाटक सचेत बनौँ प्रदर्शन गरियो । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटकमा दीपमाला परियार, शान्ति भट्टराई, रबिन तामाङ र चाँदनी शाहीको अभिनय गरेका थियो ।
पञ्चकन्या गाउँपालिकाको आयोजनामा आदिइत्यादिको प्रस्तुति रहेको चेतनामूलक सडकनाटक ‘सङ्कल्प’ मञ्चन गरिएको छ । २०८० जेठ ७ गतेबाट १० गतेसम्म उक्त गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा नाटक मञ्चन गरिएको थियो । पुरु लम्सालकाे लेखन तथा निर्देशन रहेकाे नाटकमा नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थियो ।
म्याग्दे गाउँपालिका तनहुँको आयोजना तथा “गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च”को समन्वयमा२०८० जेष्ठ १८ गते मीन मा.बि. थर्पु र राधा मा.बि. जामुने तनहुँमा आदिइत्यादी समुहको प्रस्तुति नाटककार पुरु लम्सालको लेखन निर्देशन रहेको नाटक “संकल्प” मन्चन भयो । नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, दीपमाला परियार, शान्ति भट्टराई, रविन दोङ्, गंगा मगर र प्रज्ज्वल अधिकारीको अभिनय रहेको थियो ।
२०८० जेष्ठ १९र २० गते दुई दिने अभिनय नाट्य प्रशिक्षण कार्यशाला म्याग्दे -३ स्थित जन गणपति मा.बि. को सभाहल मा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान का प्राज्ञ सभा सदस्य एवम् आदिइत्यादिका अध्यक्ष युवा नाटककार पुरु लम्साल प्रमुख प्रशिक्षणमा सम्पन्न भयाे ।
मकवानपुरगढी गाउँपालिकाकाे आयाेजनामा पुरु लम्सालद्वारा लिखित तथा निर्देशित नाटक जुनकिरी २०८० पुस असार ३ गतेदेखि ७ गतेसम्म मकवानपुरगढी गाउँपालिकामा प्रदर्शन गरिएको थियो । नाटकमा सुशीलसिंह ठकुरी, अनामिका लामिछाने, उमाकान्त सापकाेटा , शान्ति भट्टराई, दीपमाला परियार र रविन दोङले अभिनय गरेका थिए।
