बंगलादेशमा नौगेडी

कार्तिक ८, २०७५ करिब १ घण्टा १० मिनेटको नाटक ‘नौगेडी’ सकिने क्रममा बंगलादेशको उत्तरी क्षेत्र रङपुर अञ्चल, पञ्चघर जिल्ला रोसनाबाग जलासीरोडस्थित भूमिज थिएटरको हलमा  एक प्रकारको सन्नाटा छायो । नेपाली भाषा नबुझे पनि कथाको सार र कलाकारहरूको बेजोड प्रस्तुतिका कारण केही बंगलादेशीले आँसु चुहाए । २०७२ वैशाख १२ गतेको भूकम्पले घरबारबीहिन नेपालीलाई सञ्चार माध्ययमबाट देखेसुनेका… Continue reading बंगलादेशमा नौगेडी

कटुवालका कवितामा नाटक भिडियाे सहित

असार १८ २०७४ हरिभक्त कटुवाल नेपाली गीत र कविता लेखनका एक मूर्धन्य व्यक्ति हुन्। जब उनी बिते, उनका सिर्जनाहरूमा खोज अनुसन्धानहरू भएनन्। जति आए, ती सबै व्यक्तिगत सम्बन्ध र व्यक्तिगत खराब आचरणका पक्षबाट मात्र आए। उनको व्यक्तिगत आचरणले मात्र उनी बाँचेका होइनन्। उनी नेपाली साहित्यमा बाँच्नुको मुख्य कारण नै उनका सिर्जना हुन्। तर विडम्बना, उनको सिर्जनाको पक्षमा कसैले पनि आवाज उठाउने हिम्मत… Continue reading कटुवालका कवितामा नाटक भिडियाे सहित

‘Panighatta’ to represent Nepal in Kolkata int’l theater festival

Feb 1, 2018-Panighatta, a play written and directed by the Lamjung-based director Puru Lamsal, is slated to represent Nepal at an upcoming international drama festival—Sombu Mitra and Bijon Bhattacharya Memorial Drama Festival—in Rabindranagar, Kolkata, in India. The play will be Nepal’s sole representative at the festival. The drama is put together by the artists from… Continue reading ‘Panighatta’ to represent Nepal in Kolkata int’l theater festival

लमजुङकाे कथामा ‘फड्के’ काे मञ्चन

लमजुङ  २ फागुन २०७३ ग्रामिण परिवेशलाई समेटेर तयार पारिएको नाटक ‘फड्के’ लाई सदरमुकाम बेसीशहरमा मञ्चन गरिएको छ । जिल्लामा गठित मञ्जरी नाट्य समूहले पहिलो पटक व्यवसायिक थिएटर नाटक मञ्चन गरेको हो । पूर्बी लमजुङको दोर्दी खोलालाई आधार बनाएर निर्माण गरिएको नाटक फड्केले दुर्गम गाउँको बास्तविक पिडा, स्थानिय कला, सस्कृति, परम्परा, भेषभुषा, अबोध गाउँलेहरुको बाध्यात्मक जिवनयापन अनि… Continue reading लमजुङकाे कथामा ‘फड्के’ काे मञ्चन

किन नेपाल फर्किएनन् हरिभक्त कटुवाल ?

असार १८‍- २०७५ काठमाडौं – आसाममा रहँदा मदिराविरोधी कवि तथा गीतकार हरिभक्त कटुवाललाई काठमाडौंले रक्स्याहा बनायो तर उनको आर्थिक अवस्थाप्रति विरलैले ध्यान दिए । बिरामी अवस्थामा कसैबाट सहयोग नपाएपछि नेपाल छाडेर हिँड्दा उनलाई बिदाइ गर्ने विरलै थिए । तत्कालीन नेपाल एकेडेमीले समेत आर्थिक सहयोग गर्न बजेट नभएको भनी उनलाई फिर्ता पठाइदियो । कटुवालको ८३ औँ… Continue reading किन नेपाल फर्किएनन् हरिभक्त कटुवाल ?

दर्शक रुवाउँदै पानीघट्ट

माघ २० २०७५ लमजुङ आँगनमा शव लडिरहेको छ । वरिपरि मान्छेहरू जम्मा भएका छन् । बिजुली चम्किन्छ, गड्याङगुडुङ गर्दै मेघ गर्जिन्छ र पानी बर्सिन्छ । मान्छेहरू शव छाडेर पिँढीमा ओत लाग्न जान्छन् । तर, एउटा बालक भने दौडिँदै घरभित्र गएर छाता ल्याउँछ र शवलाई छाता ओडाउँछ । नाटकको अन्तिम क्षणले कतिपयलाई रुवाउँछ । गाउँमा पुस्तौँदेखि… Continue reading दर्शक रुवाउँदै पानीघट्ट

छाेरोलाई बचाउन जाँदा आमा रहिनन्

बैशाक ११ २०७३ काठमाडौं काठमाडौं नब्बे सालको भूकम्प जाँदा छोरालाई बचाउन भीमप्रसादकी आमाले आफूलाई मृत्युको मुखमा पुर्याौइन्। आज पनि त्यस्तै भयो। आमाबुवाको ‘म्यारिज एनिभर्सरी’मा गीत सुनाउन भनेर छोरा शैलेश घरभित्र गितार लिन गए। ठिक त्यही बेला ठूलो भूकम्प आयो। छोरा शैलेशलाई बचाउन घरभित्र पसेकी सुषमालाई पिलरले थिच्यो, उनी बाँच्न सकिनन्। कुरा १९९० सालको होस् या… Continue reading छाेरोलाई बचाउन जाँदा आमा रहिनन्

नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

बैशाक १३ २०७३ नेपालमा २०७२ बैशाकको विनाशकारी भुकम्प गएको ठीक एक बर्ष भएको छ । भुकम्पबाट सचेत रहन र भुकम्पिय जेखिमको बारेमा तयार पारेके नाटक अमर मातृत्व हेर्न पुर्व प्रधान मन्त्री माधव कुमार दलवल सहित सर्वनाम पुगे । नाटक हरेरपछि अफ्नो प्रतिकृया दिँदै नेपालले नाटक बास्तवमै सन्देसमूलक रहेको र सबैले हेर्न पर्ने बताए । हामी… Continue reading नाटक हेर्न पुगे पूर्व प्रम माधव कुमार नेपाल फाेटाे फिचर

कटुवालको ८३औँ जन्मदिन मनाइयाे

असार १९, २०७५ काठमाडौं : सोमबार राजधानीस्थित सर्वनाम नाटक घरमा पत्रकार र दर्शक/श्रोताहरूको आगमनको प्रतीक्षामा थिए पुरु लम्साल। अलिअलि तनाव, अलिअलि खुसी उनको मुहारमा झल्कन्थ्यो। झरिलो मौसममा पनि दर्शकको बाक्लो उपस्थिति रहेकाले उनले मुसुक्क हाँस्दै भने, ‘आज हरिभक्त कटुवालको ८३औँ जन्मदिन हो। हरेक वर्ष आउने उनको जन्मजदिनमा हामीले तयार पारेको अनि हरिभक्त फ़र्किएनन् वृत्तचित्र देखाउने… Continue reading कटुवालको ८३औँ जन्मदिन मनाइयाे

भूकम्पमा सुरक्षित हुन नाटकबाट शिक्षा

काठमाडौं, १३ २०७३ वैशाख । विनाशकारी भूकम्पको घाउ १ वर्ष पुग्दासम्म जस्ताको तस्तै रहेको बेला गाउँगाउँमा पिडा बिर्साउन विभिन्न कार्यक्रमको आयोजना भइरहेका छन् । तर, युवा नाटककार तथा गजलकार पुरु लम्साल भने भूकम्पको घाउ बिर्साउनेभन्दा पनि भूकम्पबाट कसरी आफूलाई तथा आफन्तलाई सुरक्षित राख्न सकिन्छ भनेर सन्देश दिन नाटकमार्फत लागिपरेका छन् । लम्सालको परिकल्पना तथा निर्देशन… Continue reading भूकम्पमा सुरक्षित हुन नाटकबाट शिक्षा