रहरको त्यान्द्रोमा रुमल्लिएको कथा, ‘नौगेडी’

सुजाता खत्री अशोज ८, २०७६ यो कथा हो, मनमाया र च्यान्टेको । गाउँमा मेला हुन्छ। मेलामा तरुनीका हुलमा च्यान्टेले फकाई फकाई घाँसे गीत गाउँछ, ‘सिमलको छाया सुन सानुमाया, बनाइदिउँला नौगेडी….’ दोहोरीको भाखामा झुलेकी मनमायाको मन च्यान्टेको जित्छ। पहिलो भेटमै च्यान्टेसँग जीवन बिताउने निर्णय सहित जान्छे। हेर्न हेरेको हेरई हुन्छन्, कुरा काट्नेलाई मेलो फुर्छ। यी दुईको… Continue reading रहरको त्यान्द्रोमा रुमल्लिएको कथा, ‘नौगेडी’

नौगेडी अब काठमाडौंमा

काठमाडौँ, १२ भदौ । २०७५ सालको बर्षकै बहुचर्चित नाटक नेपाली नौगेडी काठमाडौंमा मञ्चन हुने भएको छ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा नेपालको तर्फबाट छनौटमा परेर सफलतापूर्वक मञ्चन भएको नाटक नौगेडी रारा राष्ट्रिय नाटक महोत्सव २०७५ सुर्खेतमा पनि सफलतापूर्वक मञ्चन भइसकेको छ । आदिइत्यादि समूहको प्रस्तुति नाटक नौगेडी आगामी भाद्र २६ गतेदेखि असोज… Continue reading नौगेडी अब काठमाडौंमा

नाटक ‘नौगेडी’ : मनमाया र च्यान्टेको रहरै रहरको कथासँगै सामाजिक चेतनाको पुकार

हरिशजङ्ग क्षेत्री काठमाडौं । अहिले पनि हाम्रो नेपाली समाजमा धेरै किसिमका विकृतिहरुले गहिरो रूपमा जरा गाडेर बसेका छन् । पछिल्लो समय केहि सामाजिक विकृतिहरुले सामाजिक बन्धक तोड्न सफल भएपनि पछिल्लो समयमा नयाँ नयाँ विकृतिहरुले जन्म लिइरहेका छन् । समाजमा भएका विकृतिलाई उजागर गर्दै चेतना फैलाउन विगत २ दशकदेखि नेपाली रंग मञ्चमा सक्रिय पुरु लम्सालको नाटक… Continue reading नाटक ‘नौगेडी’ : मनमाया र च्यान्टेको रहरै रहरको कथासँगै सामाजिक चेतनाको पुकार

दाेरम्बामा टाँकीकाे फूल

२ असार २०७६ दाेरम्बा गाउँपालिका रामेछापको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक नाटक टाँकीकाे फूल दाेरम्बा गाउँपालिकाको बिभिन्न स्थानमा जेठ २५ गतेदेखि जेठ ३१ गतेसम्म प्रर्दशन भएको छ । बालविवाह जातिय छुवाछुत सामाजिक विभेद लगायत विषयबस्तु समेटिएकाे नाटककाे लेखन तथा निर्देशन पुरु लम्सालले गर्नु भएकाे हाे । नाटकमा सुशिलसिंह ठकुरी, सरिता गिरी, रीता थापा, आईं.पी. आचार्य, … Continue reading दाेरम्बामा टाँकीकाे फूल

नुवाकाेटमा नयाँमीत

१६ जेठ २०७६ पञ्चकन्या गाउँपालिका नुवाकोटको आयोजना एवम् आदिइत्यादिको प्रस्तुति जनचेतनामूलक नाटक नयाँमीत पञ्चकन्या गाउँपालिकाको बिभिन्न स्थानमा जेठ १२ गतेदेखि जेठ १६ गतेसम्म प्रर्दशन भएको छ । नाटक हेरेपछि प्रतिकृया दिँदै सङ्घीय सांसद तथा पूर्व मन्त्री हितबहादुर तामाङले भन्नु भयो, समाज रुपान्तरणकालगि जनचेतना जगाउने सबैभन्दा प्रभावकारी माध्यम नाटक हो । समाजमा जनचेतना जगाउने यस किसिमका… Continue reading नुवाकाेटमा नयाँमीत

लम्सुमा आदिइत्यादिकाे पुस्तकालय फाेटाे फिचर

दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा आदिइत्यादिले सूर्योदय पुस्तकालय स्थापना गरेकाे छ । करिब ६०० विद्यार्थी रहेकाे विद्यालयमा पुस्तकालय  स्थापनापछि विद्यार्थीहरुले आफूलाई मन परेकाे पुस्तक पढ्न पाउने भएका छन् ।  [:]

आदिइत्यादिकाे सहयोगमा पुस्तकालय

दैलेख, बैशाख १७ दुल्लु नगरपालिका वाड न. १२ मा रहेको सूर्योदय मा.वि लम्सुमा पुस्तकालय स्थापना भएको छ । आदिइत्यादि काठमाडौंको सहयोगमा स्थापित सूर्योदय पुस्तकालयको वरिष्ठ साहित्यकार, तथा लोकप्रिय सञ्चारकर्मी डा नवराज लम्सालले बैशाख १६ गते उद्घाटन गर्नु भयो । पुस्तकालय उद्घाटन कार्यक्रममा बोल्दै डा. लम्सालले यस किसिमको कार्यले विद्यार्थीको पठनपाठन साथै अन्य क्रियाकलापमा समेत टेवा… Continue reading आदिइत्यादिकाे सहयोगमा पुस्तकालय

भूकम्पले भत्केको सपना

फाल्गुन २९, २०७५ सुर्खेत — च्यान्टे र मनमायाको स्थानीय परम्पराअनुसार विवाह हुन्छ । विवाह गरेको लामो समयसम्म यो दम्पतीले बच्चा पाउन सक्दैनन् । जसका कारण पटकपटक लोग्ने स्वास्नीबीच खटपट भइरहन्छ । मनमाया सधैं एउटा सन्तान र नौगेडीको आशमा हुन्छिन् । च्यान्टे गाउँमा बालीघरे प्रथामा लुगा सिलाउने दलित पात्र हो । ५ दिनका लागि ऊ अर्को गाउँमा लुगा सिलाउन गएको हुन्छ ।… Continue reading भूकम्पले भत्केको सपना

बंंगलादेशीलाई समेत रूवायाे “नाैगेडी”ले

काठमाडौं, २९ असाेज — नेपालकाे गरिबी, संस्कृति र चेलिबेटी बेचविखन जस्ताे विकृतिको समेत कथावस्तुमा अाधारित नाटक नाैगेडीले बंगलादेशमा सफल र बेजाेड प्रस्तुति गरेर फर्केको छ । नुवाकोटका संस्कृति, विकृति र भुकम्पकाे कारूणीक कथा व्यथा बाेकेकाे नाटक नाैगेडीले नेपालदेखी बंगलादेशसम्म पुगेर उत्कृष्ट प्रस्तुति दिन सफल भएकाे छ । नेपालको नुवाकोटमा दुप्चेश्वर मेला लाग्छ । काँठे गीत… Continue reading बंंगलादेशीलाई समेत रूवायाे “नाैगेडी”ले

नुवाकाेटकाे नाैगेडी बंगलादेशमा

October 5, 2018 बंगलादेशमा हुने इन्टरनेसनल थिएटर फेस्टिभल (अन्तर्राष्ट्रिय नाटक महोत्सव) मा नेपाली नाटक ‘नौगेडी’ मञ्चन हुने भएको छ । भूमिज थिएटरको आयोजनामा अक्टोबर ९ देखि १४ सम्म बंगलादेशको पञ्चगढमा हुने नाटक महोत्सवमा नेपाली नाटक ‘नौगेडी’ प्रस्तुत हुन लागेको हो । नेपाली नाटकको प्रतिनिधित्व गर्दै आदि इत्यादिको ब्यानरमा ‘नोगेडी’ मञ्चन हुनेछ । आदि इत्यादिका अन्तर्राष्ट्रिय… Continue reading नुवाकाेटकाे नाैगेडी बंगलादेशमा