विसंगत समाजको राजनीति सन्देशप्रधान, ‘नौगेडी’ नदेख्दै पात्रको अवसान

तीर्थराज निरौला २०७६ असोज ४ शनिबार काठमाडौं- सामाजिक विसंगति चित्रणमा सफल नाटक ‘नौगेडी’ले दिन खोजेको सन्देश राजनीतिमा भने सन्देशप्रधान छ। समाजका कथित तल्लो जातिका कथाव्यथालाई केन्द्रीय विषयवस्तु बनाएर उनै पात्रका माध्यमबाट सामाजिक विसंगति सशक्त रूपमा उतार्न खोज्नु नाटकको फरक विशेषता हो। ‘नौगेडी’ प्राप्तीको अभिलाषा बोकेकी मनमाया र सोही अभिलाषा पूरा गर्ने दायित्व सम्झेको च्यान्टेका वरिपरि… Continue reading विसंगत समाजको राजनीति सन्देशप्रधान, ‘नौगेडी’ नदेख्दै पात्रको अवसान

नाटक नौगेडी भदौं २७ गतेबाट असोज १२ सम्म सर्वनाम थियटरमा प्रर्दशनमा

काठमाण्डौं । पुरु लम्सालद्धारा लिखित नाटक नौगेडी भदौं २७ गतेबाट सर्वनाम थियटरमा प्रर्दशन भैरहेको छ । भदौं २७ बाट असोज १२ गते सम्म चल्ने नौगेडीलाई दर्शकहरुले अत्याधिक मनपराएका छन् । नुवाकोटको दुप्चेश्रमा लाग्ने धान्य पूर्णिमा मेला र जात्रालाई समेटेर नाटकको सुरुवात भएको छ । नाटकका मुख्य पात्र च्यान्टे र मनमाया हुन्छन जसको भेट यहि जात्रामा… Continue reading नाटक नौगेडी भदौं २७ गतेबाट असोज १२ सम्म सर्वनाम थियटरमा प्रर्दशनमा

सर्वनाममा पुरु लम्साल निर्देशित नाटक ‘नौगेडी’

काठमाडौं । नाटक ‘नौगेडी’ को आशमा च्यान्टेकी भएकी मनमायाको रहरको कथा सुरु हुन्छ । नाटकले मनमाया, च्यान्टेको कथासंगै भारतमा आफन्तबाटै बेचिएकी मनमायाको ब्यथा, असल राजनीति गर्दागर्दै पनि चुनावमा परास्त भएका चन्द्रबहादुरको कथालाई नाटकले दमदार रूपमा प्रस्तुत गरेको छ । पुरु लम्सालको लेखन तथा निर्देशन रहेको नाटक भदौ २७ शुक्रबार देखि सर्वनाम नाटकघरमा मञ्चन शुरु भएको… Continue reading सर्वनाममा पुरु लम्साल निर्देशित नाटक ‘नौगेडी’

‘नौगेडी’ मञ्चन

२०७६ असोज ४ गते काठमाडौं । बंगलादेशमा सन् २०१८ मा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सव र गत वर्ष सुर्खेतमा भएको राष्ट्रिय नाटक महोत्सवमा मञ्चित नाटक ‘नौगेडी’ कालिकास्थानस्थित सर्वनाम नाटकघरमा मञ्चन भइरहेको छ । पुरु लम्सालको लेखन तथा निर्देशनमा तयार गारिएको उक्त नाटकमा नुवाकोटमा हरेक वर्ष मनाइने दुप्चेश्वर मेला र त्यस वरिपरिको जनजीवनलाई समावेश गरिएको छ ।… Continue reading ‘नौगेडी’ मञ्चन

‘नाैगेडी बहाना हो, मलाई आमा बन्‍नुछ’

गोपीकृष्ण ढुंगाना कला/साहित्य ०४ असोज २०७६ काठमाडौं : ‘ए बुढो यसपाली त बनाइदेऊ है।’ ‘के ?’ ‘नौगेडी…।’ ‘हुँदैन, सक्दिनँ म।’ ‘सुनै सुनले ढाक्देउ त भनेको होइन नि, जाबो एउटा नौगेडी त भन्या हुँ नि।’ ‘घरको छाना हेर त, पानी परेपछि कर्कलाको पात टिप्न दौडनुपर्छ।’ गरिब एक दम्पत्तिबीचको संवाद हो यो। नौगेडीको निहुँमा रातदिन झगडा परिरहन्छ।… Continue reading ‘नाैगेडी बहाना हो, मलाई आमा बन्‍नुछ’

लगाउन नपाएको ‘नौगेडी’

ज्योति अधिकारी च्यान्टे र मनमाया दम्पतीको सन्तान नहुँदा दिनहुँजसो झगडा परिरहन्छ । त्यसैमाथि मनमायाँको नौगेडी लगाउने चाहनाले आगोमा घिउ थपिदिन्छ । नुवाकोटको दुप्चेस्वर मेलामा भेट भएकी मनमायालाई गीतमार्फत नौगेडी मालाको सपना देखाएर बिहे गरेका च्यान्टेले न त त्यो प्रतिवद्धता पूरा गर्न सक्छन् । न त उनीहरुको सन्तानको चाहना नै पूरा हुन्छ । काठमाडौंको सर्वनाम थिएटरमा… Continue reading लगाउन नपाएको ‘नौगेडी’

मनमायाको नौगेडी र सन्तानको सपना

वर्षा महर्जन २०७६ असोज ७ मंगलबार काठमाडौं । हरेक विवाहित महिलाको इच्छा हुन्छ, काखमा आफ्नो सन्तान खेलाउने र राम्रो पहिरन, गरगहना लगाएर अरु महिलाजस्तै सजिएर बस्ने । तर, सबैका सबै इच्छा कहाँ पूरा हुन्छन् र । सन्तान नहुँदा दम्पतीको सम्बन्धमा कस्तो तिक्तता आउँछ ? समाजले निःसन्तान दम्पतीलाई कसरी हेर्छन् ? काठमाडौंको सर्वनाम थिएटरमा मञ्चन भैरहेको… Continue reading मनमायाको नौगेडी र सन्तानको सपना

रहरको त्यान्द्रोमा रुमल्लिएको कथा, ‘नौगेडी’

सुजाता खत्री अशोज ८, २०७६ यो कथा हो, मनमाया र च्यान्टेको । गाउँमा मेला हुन्छ। मेलामा तरुनीका हुलमा च्यान्टेले फकाई फकाई घाँसे गीत गाउँछ, ‘सिमलको छाया सुन सानुमाया, बनाइदिउँला नौगेडी….’ दोहोरीको भाखामा झुलेकी मनमायाको मन च्यान्टेको जित्छ। पहिलो भेटमै च्यान्टेसँग जीवन बिताउने निर्णय सहित जान्छे। हेर्न हेरेको हेरई हुन्छन्, कुरा काट्नेलाई मेलो फुर्छ। यी दुईको… Continue reading रहरको त्यान्द्रोमा रुमल्लिएको कथा, ‘नौगेडी’

नौगेडी अब काठमाडौंमा

काठमाडौँ, १२ भदौ । २०७५ सालको बर्षकै बहुचर्चित नाटक नेपाली नौगेडी काठमाडौंमा मञ्चन हुने भएको छ । बंगलादेशमा आयोजित अन्तर्राष्ट्रिय नाटक महोत्सव २०१८ मा नेपालको तर्फबाट छनौटमा परेर सफलतापूर्वक मञ्चन भएको नाटक नौगेडी रारा राष्ट्रिय नाटक महोत्सव २०७५ सुर्खेतमा पनि सफलतापूर्वक मञ्चन भइसकेको छ । आदिइत्यादि समूहको प्रस्तुति नाटक नौगेडी आगामी भाद्र २६ गतेदेखि असोज… Continue reading नौगेडी अब काठमाडौंमा

नाटक ‘नौगेडी’ : मनमाया र च्यान्टेको रहरै रहरको कथासँगै सामाजिक चेतनाको पुकार

हरिशजङ्ग क्षेत्री काठमाडौं । अहिले पनि हाम्रो नेपाली समाजमा धेरै किसिमका विकृतिहरुले गहिरो रूपमा जरा गाडेर बसेका छन् । पछिल्लो समय केहि सामाजिक विकृतिहरुले सामाजिक बन्धक तोड्न सफल भएपनि पछिल्लो समयमा नयाँ नयाँ विकृतिहरुले जन्म लिइरहेका छन् । समाजमा भएका विकृतिलाई उजागर गर्दै चेतना फैलाउन विगत २ दशकदेखि नेपाली रंग मञ्चमा सक्रिय पुरु लम्सालको नाटक… Continue reading नाटक ‘नौगेडी’ : मनमाया र च्यान्टेको रहरै रहरको कथासँगै सामाजिक चेतनाको पुकार