काठमाडौँ, भदौ १३ गते । नेपाली साहित्यका युगपुरुष गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ मा आधारित नाटकको मञ्चन सुरु भएको छ । बर्सौंदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रङ्गकर्मी पुष्पराज अवस्थीको निर्देशन र पुरु लम्सालको नाट्य रूपान्तरणले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालिएको छ । पहाडी ग्रामीण जीवनको यथार्थलाई चित्रण गर्दै लेखिएको कथामा बाबुको देहवसानपछि… Continue reading कालजयी कथा कर्तव्यको नाट्य रूपान्तरण
Author: Puru Lamsal
गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटकमा, अब सुदूरपश्चिमको परिवेशमा मञ्चन हुने
काठमाडौँ- नेपाली साहित्यका एक उत्कृष्ट कथाकार गुरुप्रसाद मैनालीको कालजयी कथा ‘कर्तव्य’ अब रंगमञ्चमा पुनर्जीवित भएको छ । वर्षौँदेखि नेपाली साहित्यमा आफ्नो सान्दर्भिकता कायम राखेको यो कथालाई रंगकर्मी पुष्पराज अवस्थीले नयाँ स्वादसहित सुदूरपश्चिमको परिवेशमा ढालेका छन् । मैनालीले पहाडी ग्राम्य जीवनको यथार्थलाई चित्रण गर्दै लेखेको यो कथामा बाबुको देहवसानपछि दुई दाजुभाइबीचको भावनात्मक उतारचढाव प्रस्तुत गरिएको छ ।… Continue reading गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ नाटकमा, अब सुदूरपश्चिमको परिवेशमा मञ्चन हुने
नयाँ स्वादमा ‘कर्तव्य’ : मैनालीको कथा सुदूरपश्चिमेली स्वादसहित मञ्चमा
काठमाडौँ — कुनै कुनै कथा यस्ता हुन्छन्, जसले वर्षौं हुँदा पनि सान्दर्भिकता गुमाउँदैनन् । कथाकार गुरुप्रसाद मैनालीको ‘कर्तव्य’ त्यस्तैमध्येको एउटा कथा हो । अक्षर र पानामा सीमित ‘कर्तव्य’ रंगमञ्चमा पुनर्जीवत भएर आएको छ । मैनालीले पहाडी ग्राम्य भूभागको कथा भनी सामान्य ढंगमा वर्णन गरेको बाबुको उदारता र उनको देहवसान पछि दुई दाजभाईका बीच घट्ने उतारचढावको भावनात्मक कथालाई रंगकर्मी… Continue reading नयाँ स्वादमा ‘कर्तव्य’ : मैनालीको कथा सुदूरपश्चिमेली स्वादसहित मञ्चमा
सांस्कृतिक नाटक नाम्गेलको गाउँ
२०८१ जेष्ठ २३ गतेसंस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय हितबहादुर तामाङज्यूको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान नाट्य विभागको सहकार्यमा, पुरु लम्सालको अवधारणामा, विष्णु मोक्तानको लेखन तथा सुशीलसिंह ठकुरीको निर्देशनमा सांस्कृतिक नाटक “नाम्गेलको गाउँ” मञ्चन भएको थियो। सांस्कृतिक संस्थानका महाप्रबन्धक किरण बाबु पुनले नाटकलाई जनजागरणको सशक्त माध्यमको रूपमा अघि बढाउनुपर्ने आवश्यकता… Continue reading सांस्कृतिक नाटक नाम्गेलको गाउँ
नाचघरमा नाम्गेलको गाउँ
नाटक मञ्चनमा कमी आइरहेको समयमा राजधानीमा नाम्गेलको गाउँ नामक नाटक देखाइएको छ। नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार साँस्कृतिक नाटक नाम्गेलको गाउँ देखाइएको हो। नाटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा जमलस्थित राष्ट्रिय नाचघरमा मञ्चन गरिएको हो। दुुई समुदायको उत्पीडनको कथा बोलेको नाम्गेलको गाउँले शासक… Continue reading नाचघरमा नाम्गेलको गाउँ
सांस्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन
काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान, नाटक विभागको आयोजना तथा सांस्कृतिक संस्थानको सहकार्यमा बुधबार सास्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङको प्रमुख आतिथ्यतामा सांस्कृतिक संस्थान जमलमा नाटक मञ्चन गरिएको थियो । दुुई समुदायको उत्पिडनको कथा भन्ने नाटक ‘नाम्गेलको गाउँ’ले शासक वर्गले ती समुदायमा गरेको अन्याय र… Continue reading सांस्कृतिक नाटक ‘नाम्गेलको गाउँ’ मञ्चन
नाट्यकर्मी काेष
नाट्य संस्थाहरूको सूची
नाट्य कृतिहरू
‘कामकुरो’ को मञ्चन सम्पन्न
काठमाडौं । खानीखोला गाउँपालिका काभ्रेपलान्चोकको आयोजनामा यही माघ १४ गतेबाट सुरु भएको नाटक ‘कामकु्रो’ को मञ्चन सम्पन्न भएको छ । आदिइत्यादिको प्रस्तुती रहेको नाटक ‘कामकुरो’ माघ १४ गतेदेखि १८ गतेसम्म खानीखोला गाउँपालिका विभिन्न सामुदायिक विद्यालयहरुमा मञ्चन गरिएको थियो । माघ १४ गते गाउँपालिकाको बुद्ध मा.वि. धाप्लेमा र जनहित मा.वि. महाकाँलमा, १५ गते बालविकास मा.वि. फलामेटार… Continue reading ‘कामकुरो’ को मञ्चन सम्पन्न
